बाजुरामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, १५ घाइते

सहयात्रा टिभी

काठमाडौं । साउन ८, बाजुराको विकट हिमाली गाउँपालिकामा एक यात्रुवाहक जिप दुर्घटनामा पर्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन्।

तस्वीर : एआई

गाउँपालिकाको वडा नम्बर ५ स्थित क्युडीमा भएको उक्त दुर्घटनाग्रस्त जिपमा चालकसहित २६ जना यात्रु सवार रहेको वडाअध्यक्ष प्रदीप बुढथापाले पुष्टि गरेका छन्। उनका अनुसार मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ भने घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

दुर्गम भूगोलका कारण उद्धार कार्यमा समेत समस्या भएको छ ।

प्रकाशित : 24 July, 2025

प्रतिक्रिया दिनुहोस्