एमालेको निर्णयविरुद्ध पूर्वराष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

सहयात्रा टिभी

काठमाडौं । साउन ९, नेकपा (एमाले)ले सक्रिय राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता खारेज गरिदिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन्। उनले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलनमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

 

गत साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु संविधानको मर्म र भावनाविपरीत हुने ठहर गर्दै उनको राजनीतिक पुनरागमनमा रोक लगाउने निर्णय गरेको थियो।

यता, भण्डारीले भने राजनीतिमा सक्रिय हुन पाउनु आफ्नो संवैधानिक अधिकार भएको बताउँदै आएकी छन्। उनी निकट स्रोतका अनुसार, उनी एमालेको उक्त निर्णयको राजनीतिक रूपमा प्रतिवाद गर्ने तयारीमा छिन् र यसका लागि देशव्यापी अभियान सञ्चालन गर्ने योजनामा छन्। आजको पत्रकार सम्मेलनलाई यही तयारीको सुरुवातका रूपमा हेरिएको छ।

प्रकाशित : 25 July, 2025

प्रतिक्रिया दिनुहोस्