सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन ९, सुर्खेतमा  विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा  करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो ।

शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो ।

मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । ‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । ‎

उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको लागेर मृत्यु भएको ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

प्रकाशित : 25 July, 2025

प्रतिक्रिया दिनुहोस्