सुनको मूल्य एक हजार एक सयले घट्यो

काठमाडौं । साउन ११, नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ।
यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।