आज नेप्से १८.४४ अंक झर्‍यो

सहयात्रा टिभी

काठमाडौं । साउन ११, लगातार बढेको ८ कारोबार दिनपछि आज आइतबार सेयर बजार घटेको छ ।

 

अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ५० बजे ३ हजार १२ अंकसम्म पुग्यो ।

त्यसपछि बिक्री चाप बढ्यो । गत वर्ष साउन ३० गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमै पुगेको थियो । अहिले सोही अंकलाई बजारले प्रतिरोधका रुपमा सामना गरेको छ । ४ वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंक पुगेको रेकर्ड छ ।

आइतबार कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज २६ अर्ब ५७ करोडको भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो ।

सो दिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । गत वर्षको साउन ३० गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार रेकर्ड छ ।

आजको कारोबारमा पनि हाइड्रोपावर समूह सबैभन्दा अगाडि छ । सो समूहको मात्रै ११ अर्ब ६२ करोडको कारोबार भयो । कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४३ प्रतिशत हो । विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूको कारोबार २–२ अर्बमाथिको भयो ।

आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो । धेरैजसो समूह घटे पनि केही बढे । विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ तथा व्यापार १.४४ प्रतिशत बढे । माइक्रोफाइनान्स १ अंकमुनि हरियो रह्यो ।

 

प्रकाशित : 27 July, 2025

प्रतिक्रिया दिनुहोस्