जनकपुरमा धारिलो हतियार प्रहार गरी किशोरीको हत्या, दुई जना घाइते

काठमाडौं । साउन १३, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरी नजिक गएराति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
घटनामा धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर घर भई जनकपुरमा आमासँग डेरा गरी अध्ययनरत १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको हो। आक्रमणमा परी मृतककी ३६ वर्षीया आमा आशा यादव र उनकी भतिजी राधा यादव घाइते भएका छन्।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार, राति करिब ११ बजे भएको उक्त घटनाको अनुसन्धान सुरु गरिएको छ। हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।