बागमती कांग्रेस नेता लामाले संसदीय दलमा विश्वास गुमाए

सहयात्रा टिभी

काठमाडौं । साउन १३, बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाउनुभएको छ ।

संसदीय दलमा आज भएको मत विभाजनमा लामाको पक्षमा १५ मात्रै मत परेको छ । उहाँको विपक्षमा २२ मत परेको छ । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाउनुभयो ।

बागमतीका मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उहाँको विकल्पमा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् ।

२२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाव बढेको छ । कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले बहादुरसिंह लामामाथिको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका हुन् ।

यसैबीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामकुमार खड्काले राजीनामा दिनुभएको छ । यसअघि गएको साउन ९ गते चार जना मन्त्रीले राजीनामा दिएका थिए ।

 

प्रकाशित : 29 July, 2025

प्रतिक्रिया दिनुहोस्