बागमतीमा तीन मन्त्री नियुक्त

सहयात्रा टिभी

काठमाडौं । साउन १४, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ रहेका छन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रेष्ठ र गुरुङको मन्त्रालय पछि तोकिने बताइएको छ ।

यसअघि नेपाली कांग्रेसले सम्हालेका पाँच मन्त्रालय रिक्त थिए । लम्सालको नियुक्तिसँगै अब चार मन्त्रालय मन्त्रीविहीन छन् । हाल युवा तथा खेलकुद; संस्कृति तथा पर्यटन; खानेपानी, ऊर्जा तथा सिंचाइ; र सहकारी तथा गरिबी निवारण मन्त्रालय नेतृत्वविहीन रहेका छन् ।

मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्दै गत साउन ९ गते चार र साउन १३ गते एक गरी पाँच मन्त्रीले राजीनामा दिएपछि ती मन्त्रालयहरू रिक्त भएका थिए ।

प्रकाशित : 30 July, 2025

प्रतिक्रिया दिनुहोस्