२०२५ का सर्वाधिक कमाइ गर्ने ५ नेपाली फिल्म, ‘ऊनको स्वीटर’ शीर्ष स्थानमा

काठमाडौं । साउन १४, सन् २०२५ को जुलाई महिनासम्मको तथ्याङ्कअनुसार, यो वर्ष सर्वाधिक कमाइ गर्ने शीर्ष ५ नेपाली फिल्महरूको सूची सार्वजनिक भएको छ। घरेलु बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्दै फिल्म ‘ऊनको स्वीटर’ पहिलो स्थानमा रहन सफल भएको छ।
यस सूचीमा ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘पिताम्बर’ र ‘होस्टेल ३’ जस्ता फिल्महरू पनि समावेश छन्।
यस वर्ष सर्वाधिक कमाउने शीर्ष ५ फिल्म र तिनीहरूको कुल कमाइ (ग्रस) यसप्रकार छ:
१. ऊनको स्वीटर : रु. ११ करोड ३४ लाख
२. अञ्जिला : रु. ८ करोड ८६ लाख
३. लाज शरणम् : रु. ४ करोड ७० लाख
४. पिताम्बर : रु. ४ करोड ५६ लाख
५. होस्टेल ३ : रु. ४ करोड १२ लाख