माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय

सहयात्रा टिभी

काठमाडौं । साउन १४, नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

त्यस्तै, पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने बिषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका बिषय लगाएतमा छलफल गर्ने एजेन्डा तय भएको उनले जानकारी दिए ।

संगठन निर्माण, नेताहरुको कार्यविभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयीक प्रस्ताव पारित गरिने सापकोटाले जानकारी दिए ।

 

प्रकाशित : 30 July, 2025

प्रतिक्रिया दिनुहोस्