आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

काठमाडौं । साउन १५, बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।