उदयपुरको अँधेरीमा आज बिहान गाडी दुर्घटना हुँदा एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन १५, उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

 

 

 

प्रकाशित : 31 July, 2025

प्रतिक्रिया दिनुहोस्