एमाले र कांग्रेसबीचको बैठकमा एमालेले राख्यो बागमतीको विवादबारे चासो

सहयात्रा टिभी

काठमाडौं । साउन १५, सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे चासो राखेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल एमाले र कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेको थियो ।

एमालेको चासोमा कांग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैं मिलाउने जवाफ दिएको छ । बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार, बागमतीको विवादबारे केहीबेर छलफल भएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरुप संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् ।यद्यपि लामाले पदबाट राजीनामा दिएका छैनन् ।

प्रकाशित : 31 July, 2025

प्रतिक्रिया दिनुहोस्