निजी कलेजको कार्यक्रममा उच्चकै बहालवाला न्यायाधीश नै नमूनाको रुपमा प्रस्तुत

काठमाडौं । साउन १५, उच्च अदालतमा बहालवाला न्यायाधीश नै एक कलेजको नमूना अदालतमा डमी (नमूना) न्यायाधीशका रुपमा देखा परेका
उच्च अदालत विराटनगरका दुई न्यायाधीशले विराटनगरको ब्राइट भिजन ल कलेजको नमूना अदालत अभ्यासमा आफूहरुलाई डमी न्यायधीशका रुपमा प्रस्तुत गरे । घटना बुधबारको हो ।
विराटनगरको ब्राइट भिजन कलेजले आयोजना गरेको मुट कोर्ट९नमूना अदालत० प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह प्रतिस्पर्धामा थियो ।
बुधबारको फाइनलमा उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की नमूना न्यायाधीशको भूमिकामा देखिए । उनीहरुसँगै वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी पनि नमूना न्यायाधीशको भूमिकामा थिए ।
तीन जना व्यक्ति नमूना अदालतको पूर्ण इजलासमा थिए । काल्पनिक घटनालाई मुद्दा बनाएर विद्यार्थीहरूले न्यायाधीशका अगाडि बहस गरेका थिए । विद्यार्थीको प्रस्तुतीका आधारमा बास्तोला, कार्की र भण्डारीको पूर्ण इजलासले विजेता, उपविजेता घोषणा गरेको थियो ।
वरिष्ठ अधिवक्ता चूडामणि आचार्य उक्त कलेजका सञ्चालक समेत हुन् । कलेज प्रमुखसमेत रहेका आचार्यले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिनका लागि नमूना कलेजको प्रतियोगिता आयोजना गरेको बताए ।
कानून व्यवसायीले सञ्चालन गरेको निजी कलेजको कार्यक्रममा न्यायाधीश नै नमूनाको रुपमा प्रस्तुत भएपछि त्यसमाथि टिकाटिप्पणी शुरु भएको छ ।
कलेजको नमूना इजलासको अभ्यास हेर्न उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थीत भएका थिए ।