माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । साउन १६, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । पार्टी मुख्यालय, पेरिसडाँडामा बस्ने उक्त बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो ।
उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका छन । साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन् ।