माओवादी स्थायी समिति बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । साउन १८, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका छन् । बाँकी सदस्यले आज बोल्ने छन् । राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको छ ।

बैठकमा नेताहरूले पार्टीभित्र विधि, पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । पार्टीका विषयमा आएका सबै विषयमा सहज ढंगले बैठकमा छलफल भइरहेको उपाध्यक्ष सापकोटाले बताए ।

प्रकाशित : 3 August, 2025

प्रतिक्रिया दिनुहोस्