भारतीय खेलाडीलाई पराजित गर्दै नेपालका रवीन्द्र बने एमएफएन च्याम्पियन

सहयात्रा टिभी

काठमाडौं । साउन १८, भारतीय खेलाडीलाई पराजित गर्दै नेपालका रवीन्द्र ढाँटले म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७ ) को उपाधि जितेका छन्। भारतमा भएको प्रतियोगितामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपालका ढाँट बान्टमवेट च्याम्पियन बनेका हुन्।

नेपालबाट एमएफएनको च्याम्पियन बन्ने ढाँट पहिलो नेपाली फाइटर हुन्। आक्रामक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्(एमएमए) मा ढाँटले तेस्रो राउन्डमा भारतका कोरियनलाई पराजित गर्दै उपाधि जितेका हुन्।

तेस्रो राउन्डमा ढाँटले प्रहार गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका हुन्।

यो जितसँगै रवीन्द्रको प्रफेसनल रेकर्ड ८-१ पुगेको छ। भारतीय च्याम्पियन रहेका कोरेनको लगातारको पाँच पटकको विजेता जर्नीमा रवीन्द्रले पूर्णविराम लगाइदिएका हुन्।

विजयी क्षणमा रंगशाला उत्साहले भरिएको थियो । पिजरमाथि नेपाली झन्डा गर्वका साथ फहराइएको थियो।

प्रकाशित : 3 August, 2025

प्रतिक्रिया दिनुहोस्