हवाई फायर गरेर सप्तरीमा २ जनालाई पक्राउ

सहयात्रा टिभी

काठमाडौं । साउन १८, प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

 

प्रकाशित : 3 August, 2025

प्रतिक्रिया दिनुहोस्