वडाध्यक्षको साथ लागेर आफ्नै थातथलो फर्किए हायू परिवार

सहयात्रा टिभी

काठमाडौं । साउन १९, आफ्नै थातथलो सिन्धुली फर्कने भन्दै हायू परिवार पोखराबाट बिदा भएका छन् ।

हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।

उर्मिला हायूसहितको उनको १९ जनाको परिवारलाई प्रहरी समेतको राहेबरमा पोखरा महानरपालिकाका मेयर धनराज आचार्यले बिदा गरेका हुन् ।

उनीहरू पोखरा–३ मा रहेको गगनगौंडामा रहेको गोविन्दप्रसाद भण्डारीको घरमा बस्दै आएका थिए ।

गोलन्जोर–६ स्थित आफ्नो घरमा बस्दा परिवारलाई नै क्षति हुने भन्दै आफूहरू त्यहाँबाट हिँडेको उनीहरूले बताउँदै आएका छन् । कोही कसैलाई केही जानकारी नै नगराई बाख्रा, भैसी समेत घरमै छाडेर उनीहरू सर्म्पकविहीन भएका थिए ।

पछि खोजी गर्दा उनीहरू पोखरामा भेटिएका थिए । आफ्नो घरमा नबस्ने बताएका हायुहरुलाई वडाध्यक्ष श्रेष्ठले अर्को घरमा राख्ने बताउँदै आएका छन् ।

 

प्रकाशित : 4 August, 2025

प्रतिक्रिया दिनुहोस्