कुलिङ पिरियड छानबिनको प्रतिवेदन सभामुखलाई बुझाइँदै

काठमाडौं । साउन २०, संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइएको संसद् सचिवालयले जनाएको छ ।
लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाउन लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा प्रतिवेदन बुझाउने कार्यक्रम भएको छ ।
छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कांग्रेसकै सांसद सुशीला थिङ सदस्य छिन् ।
नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।