गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्यानिच्यूडको भूकम्प

काठमाडौं । साउन २०, म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजे गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।