सप्तरीमा मदिरा तस्कर र प्रहरीबीच झडप, एकजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन २१, सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच झडप भएको छ । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।


मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको छ।

प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरे । उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो ।

प्रहरी प्रवक्ता बस्नेतले तस्कर समूहको ढुंगामुढाले एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि तस्करहरूले केही कार्टुन मदिरा छाडेर भागेका थिए । सो मदिरा बरामद भएको छ ।

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्