जयपृथ्वी राजमार्ग र जुम्ला–सुर्खेत सडकखण्ड पहिरोले अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । साउन २१, पहिरोका कारण कालिकोट र बैतडीमा दुई राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार, आज बिहान करिब ६ बजे कालिकोटको खाँडाचक्र नगरपालिका–५, बिहानी खोला नजिक पहिरो खस्दा जुम्ला–सुर्खेत सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो ।

त्यसैगरी, बैतडीको सिगास गाउँपालिका–९, रमिलापुरमा बिहान ७ बजे पहिरो जाँदा जयपृथ्वी राजमार्ग अन्तर्गतको खोड्पे–बझाङ सडकखण्ड पनि ठप्प भएको छ ।

प्रहरीले दुवै स्थानमा पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्