भूमि विधेयक पारितको प्रक्रियामा संसदीय समिति अघि बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २१, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने प्रक्रियामा संसदीय समिति अघि बढेको छ ।

विधेयक संशोधन राखेका सांसदहरूसँग र सरोकारवालाहरूसँग फास्ट ट्रयाकमा एकसरो छलफल गरेर प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति दफावार छलफलमा प्रवेश गरेको हो ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आजबाट दफावार छलफल छ । यो विधेयकमा ५५ वटा संशोधन परेका थिए । सत्तारुढ दल नेपाली कांग्रेसले समेत संशोधन राखेको छ ।

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्