गायक पशुपति शर्मा चढेको कार दुर्घटना

सहयात्रा टिभी

काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।

 

 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी दिएका हुन् । उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको डीएसपी न्यौपानेले जनाए । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ । गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् ।

 

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्