पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । साउन २२, मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन सकिने अवस्था नरहेको जानकारी दिए ।