सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । साउन २२, नेपाली बजारमा बिहीबार (साउन २२) सुनको मूल्य स्थिर छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार (साउन २१) पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो । गएको मंगलबार (साउन २०) सुन हालसम्मकै उच्च मूल्य अर्थात् तोलाको एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।