विपना थापासँग फेरि सहकार्य गर्दै नीता ढुंगाना

सहयात्रा टिभी

काठमाडौं । साउन २२, अभिनेत्री विपना थापा फिल्म ‘सुख दुःख’ मा अनुबन्धित भएकी छन्।

अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न यो फिल्मको टिमले विपनालाई बुधबार अनुबन्ध गरेको हो। यसअघि विपना र नीताको फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरेका थिए। उक्त फिल्मबाट विपनाले वर्षौपछि कमब्याक गरेकी थिइन्।

विपनाले फिल्म ‘सुख दुःख’ मा आफू पनि जोडिन पाउँदा एकदमै खुसी लागेको बताइन्। उनले फिल्मको कथाले आफूलाई छोएको र नीताको निर्देशनमा काम गर्न उत्साहित रहेको समेत बताइन्।

नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताइन्। उनका अनुसार यो फिल्ममा विपना महत्वपूर्ण भूमिकामा देखिनेछन्।

फिल्म ‘सुख दुःख’ मा यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अनुबन्ध भइसकेका छन्। अन्य कलाकार र प्राविधिक पक्षको बारेमा विस्तारै जानकारी दिँदै जाने नीताको भनाइ छ।

आगामी फागुनबाट छायांकनमा जाने फिल्म चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्ने जनाइएको छ। ‘नीता फिल्म्स’ को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैं फूलपातीबाट प्रदर्शनमा ल्याइने बताइएको छ।

प्रकाशित : 7 August, 2025

प्रतिक्रिया दिनुहोस्