विद्यालय शिक्षा विधेयक परामर्श उपसमितिले तयार गरेको प्रस्ताव प्रस्तुत

काठमाडौं । साउन २२, विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका छ ।
जसमा शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरिएको छ । शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो ।
१। आन्तरिक प्रतियोगिता
२। जेष्ठता र कार्यसम्पादन मूल्यांकन
३। कार्यक्षमताको मूल्यांकन