कैलाली कारागारमा ग्याङ फाइट एकको मृत्यु, ४५ घाइते

काठमाडौं । साउन २४, कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।
कुटपिट थप ४५ जना घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ। विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ ।