महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । साउन २५, कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए ।

उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका डीएसपी बोहराले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाहरूको खोजी भइरहेको जानकारी दिए ।

 

प्रकाशित : 10 August, 2025

प्रतिक्रिया दिनुहोस्