कैलाली कारागारभित्र हतियारसहितका सुरक्षाकर्मी प्रवेश

सहयात्रा टिभी

काठमाडौं । साउन २५, कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् ।

कैदीबन्दीका दुई समूहबीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न पाएका थिएनन् ।

आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् । एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ४० घण्टापछि पनि कारागारको स्थिति नियन्त्रणमा आउन सकेको थिएन ।

भर्खरै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली कागारको ब्लक ए र ब्लक बीमा प्रवेश गरी भित्रको स्थिति खोजतलास थालेका छन् । कैलाली कारागारभित्र हतियारसहितका सुरक्षाकर्मी प्रवेश

काठमाडौं । साउन २५, कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् । कैदीबन्दीका दुई समूहबीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न पाएका थिएनन् ।

आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।

 

प्रकाशित : 10 August, 2025

प्रतिक्रिया दिनुहोस्