रवि लामिछानेलाई भेट्न रुपन्देही कारागार पुग्यो मानव अधिकार आयोगको टोली

सहयात्रा टिभी

काठमाडौं । साउन २६, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको कारागार बसाइ र सुविधालाई लिएर चर्चा भइरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रूपन्देही कारागारको स्थलगत अनुगमन गरेको छ।

आयोगकी सदस्य लिली थापाको नेतृत्वमा लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली र इन्सेक प्रतिनिधि रिमा बिसी सम्मिलित टोली कारागारको अवस्थाबारे जानकारी लिन पुगेको हो। टोलीले विशेषगरी लामिछानेलाई राखिएको ब्लक नम्बर ४ लगायत कारागारको समग्र व्यवस्थापन र कैदीबन्दीको अवस्थाबारे निरीक्षण गरेको बुझिएको छ।

यसैबीच, अनुगमन टोलीसँगै समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई भने सुरक्षाकर्मीले कारागार परिसरभित्र प्रवेश गर्न रोक लगाएका थिए।

प्रकाशित : 11 August, 2025

प्रतिक्रिया दिनुहोस्