‘आ बाट आमा’ मा उषा उप्रेती, प्रदर्शन मिति पनि घोषणा

सहयात्रा टिभी

काठमाडौं । साउन २९, निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुवन्ध भएकी छन् । बुधवार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुवन्ध गरिएको हो । तर, उनले निर्वाह गर्ने भूमिका खुलाइएको छैन ।

यसअघि फिल्ममा अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा तथा दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुवन्ध भइसकेका छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौबाट प्रारम्भ गरिने निर्माण टिमले जनाएको छ । अन्य कलाकार तथा प्राविधिक टिम पनि छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ । निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल र रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो । योसंगै निर्माण पक्षले ‘आ बाट आमा’ आउँदो फागुन १५ गते देशभर प्रदर्शनमा आउने तय भएको छ ।

 

प्रकाशित : 14 August, 2025

प्रतिक्रिया दिनुहोस्