आज १६०औँ मोती जयन्ती मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । भदौ ७ , राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्रकृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत् नेपालमा पत्रकारितको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्दै छन् ।

प्रकाशित : 23 August, 2025

प्रतिक्रिया दिनुहोस्