पशुपतिमा दर्शनार्थीलाई गर्मीबाट जोगाउन पहिलोपटक पानीको फोहोरा

सहयात्रा टिभी

काठमाडौं । भदौ १० , हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि श्रद्धालु महिलाहरूको घुइँचो लागेको छ। विगतका वर्षहरूमा जस्तै दर्शनार्थीको लामो लाइन देखिएको छ, तर यसपटक गर्मीबाट राहत दिन पशुपति क्षेत्र विकास कोषले नयाँ प्रविधिको प्रयोग गरेको छ।

विगतमा तीजको दिन अत्याधिक गर्मीका कारण महिलाहरू लाइनमै बेहोस हुने र ढल्ने समस्यालाई मध्यनजर गर्दै यो उपाय अपनाइएको कोषले जनाएको छ। कोषले मन्दिरको पश्चिम ढोका अगाडि भक्तजनलाई शीतलता प्रदान गर्न पहिलोपटक कृत्रिम पानीको फोहोरा (वाटर ड्रपलेट) जडान गरेको हो। यस प्रणालीले पानीलाई वाष्पीकरण गराई वातावरणलाई चिसो बनाउँछ।

यो प्रविधि हाल परीक्षणका रूपमा सुरु गरिएको र प्रभावकारी देखिए भविष्यमा अन्य अवसरमा पनि प्रयोग गरिने बताइएको छ। कोषले भक्तजनको सहजताका लागि अन्य विभिन्न सुविधाहरू पनि प्रदान गरेको छ।

प्रकाशित : 26 August, 2025

प्रतिक्रिया दिनुहोस्