काठमाडौंमा कवाड व्यवसायीले तेस्रो दिन पनि प्रदर्शनलाई जारी

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, काठमाडौं महानगरपालिकाले दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरूले आज तेस्रो दिन पनि प्रदर्शनलाई जारी राखेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा काठमाडौको विभिन्न स्थानबाट र्‍यालीसहितको प्रदर्शन गर्दै उनीहरूले महानगरको कार्यालय अगाडि धर्ना दिएका हुन् ।

कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट कुटपिट, ज्यादती र संरचना भत्काउने जस्ता काम भएको भन्दै संघर्ष समितिले निरन्तर आन्दोलन गरिरहेको छ ।

उनीहरूले संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।

 

 

 

 

 

 

कवाड व्यवसायी

लेखक

प्रकाशित : 27 August, 2025

प्रतिक्रिया दिनुहोस्