सुनकोशी नदीमा एक जना युवक बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । भदौ १२, भुम्लु गाउँपालिका-८ दुलालेश्वर मन्दिर नजिकै सुनकोशी नदीमा एक जना युवक बेपत्ता भएका छन् ।

सुनकोशी नदीले भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई बगाएको सशस्त्र प्रहरी १५ नं‍‍. गण काभ्रेका प्रमुख माधव रेग्मीले जानकारी दिए ।

आफैंले पालेको कुकुर नदीमा हाम फालेको र त्यसलाई बचाउन जाँदा दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

सशस्त्र प्रहरी १५ न‌ं. गणका प्रमुख रेग्मीका अनुसार दर्जीको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको कमाण्डमा ११ जना र नं १६ गण बाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्शकुमार शाहको कमाण्डमा ११ जना उद्धार टोली खटिएको छ ।

त्यस्तै दर्जीको खोजीको लागि प्रहरी निरीक्षक प्रशान्त तमाङको नेतृत्वमा पनि टोली खटिएको एसपी कोमल शाहले जानकारी दिए ।

 

 

प्रकाशित : 28 August, 2025

प्रतिक्रिया दिनुहोस्