विदेशी स्याऊको आयात रोक्न ज्ञानेन्द्र शाहीको माग

सहयात्रा टिभी

काठमाडौं । भदौ १८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाको स्याऊलाई प्रोत्साहन गर्न र विदेशी स्याऊको आयात रोक्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।‘जुम्ली स्याऊ खाऔं, विदेशी स्याऊ रोकौं’ भन्ने नाराका साथ कृषिमन्त्री र गृहमन्त्रीलाई तत्काल यस विषयमा आवश्यक कदम चाल्न आग्रह गरे ।

सांसद शाहीले जुम्लाको स्याऊको बजार विस्तारका लागि सहयोग गर्न सरकारलाई अपिल गरे । उनले जुम्लाको स्याऊ राजधानी लगायतका ठूला सहरमा पुर्याउनका लागि सडक पूर्वाधारको अवस्था सुधार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पनि अनुरोध गरे ।

नेपालमा उत्पादन हुने कृषि उपजलाई प्रोत्साहन गर्दा किसानको जीवनस्तरमा सुधार आउनुका साथै देशको अर्थतन्त्रलाई पनि टेवा पुग्ने उनको भनाइ छ।

 

प्रकाशित : 3 September, 2025

प्रतिक्रिया दिनुहोस्