औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

काठमाडौं । भदौ १८, प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् ।
गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपा प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उनी आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन् ।
शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् । यसक्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए ।
सम्मेलनकै क्रममा उनले भारती प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए । यद्यपि मोदीसँग भने ओलीको द्वीपक्षीय भेटवार्ता भने भएन ।