एमाले केन्द्रीय कार्यालयमा कर्ण थापाले फरक मत दर्ता गराउने तयारी

काठमाडौं । भदौ १९, नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा फरक मत दर्ता गराउने तयारी गरेका छन् ।
पार्टीका निर्णयहरूप्रति थापाले फरक मत दर्ता गराउन लागेका हुन् । उनले अहिले २ बजे केन्द्रीय कार्यालय पुगेर आफ्नो मत दर्ता गराउने तयारी गरेका छन् ।
‘पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू मैले आफ्नो मतका रूपमा दर्ता गराउँदैछु,’ थापाले भने ।
पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पनि छलफलको माग राख्ने भएका छन् ।
‘विद्या भण्डारीमाथि कारबाही गरिएको छ । त्यो विषय पनि समेटेको छु । वाम एकताबारे अध्ययन गर्न जरुरी छ,’ उनले लेखेका छन् ।