च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । भदौ १९, नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो । बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ ।

त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

 

 

प्रकाशित : 4 September, 2025

प्रतिक्रिया दिनुहोस्