शिक्षा विधेयकबाट दुई वटा बुँदा नहटाए पठनपाठन ठप्प पार्ने निजीको चेतावानी

काठमाडौं । भदौ १९, विद्यालय शिक्षा विधेयकको दुई वटा बुँदामा असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा छन् ।
विधेयक नसच्याए र निजी विद्यालयको विरोध गर्ने सांसदालाई ०८४ मा भोट नदिने चेतावनी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले बिहीबार आयोजना गरेको कार्यक्रममा निजी विद्यालयका संघ संगठनले आगामी निर्वाचनमा मत नदिने चेतावनी दिएका हुन् ।
‘जुन दलले निजीको विरोधमा हुन्छ । त्यसको अगेन्समा हुन्छौँ । दलको पछि लाग्नेभन्दा पनि देशको विकासमा काम गर्नेको पक्षमा स्पात भएर उभिन्छौ,’ प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले भने ।
निजी विद्यालयले शिक्षामा गरेको योगदानलाई नबिर्सन उनले आग्रह गरे । निजी विद्यालय सञ्चालकहरूले मुख्यतस् विधेयकमा रहेको निजी विद्यालयलाई क्रमशस् गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउन माग गरेका छन् । यो दुई वटा प्रावधान विधेयकबाट नहटाए पठनपाठन ठप्प पार्ने चेतावानी दिएका छन् ।
१० प्रतिशत बाहेक अरु छात्रवृत्ति दिन नसकिने उनले बताए । एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानले सामुदायिक विद्यालयमा खाजाको व्यवस्थापन गर्न नसक्ने सरकारले निजी विद्यालयलाई पूर्ण छात्रवृत्ति देउ भन्नु उपयुक्त नभएको जिकिर गरे । माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिए ।