महाधिवेशनमा पुगेका प्रतिनिधिहरूलाई बाँडियो विद्याको सन्देश पत्र

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको दोस्रो विधान महाधिवेशन जारी छ ।

विधान महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशसहितको पत्र बाँडिएको छ ।

प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश भन्दै पत्र बाँडिरहेका छन् । महाधिवेशन वरपर धेरैले उक्त पत्र पढेर बसिरहेका दृश्य देखिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय एमालेमा पेचिलो बन्दै गइरहेको छ । यसैबीच सदस्यताको विषय विधान महाधिवेशनको एजेण्डा नभएको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताइसकेका छन् ।

उनले आजै उद्घाटन सत्रमा पनि भण्डारीको सदस्यताको विषयमा विधान महाधिवेशनमा छलफल नहुने बताएका थिए ।

 

 

 

प्रकाशित : 5 September, 2025

प्रतिक्रिया दिनुहोस्