महेश बस्नेतले ‘नेपो बेबी’ अभियान गर्नेलाई कारबाहीको माग गरे

काठमाडौं । भदौ २२, एमाले नेता महेश बस्नेतले युवा पुस्ताले चलाएको ‘नेपो बेबी’ अभियानले आफ्नो छोरी ज्वाइँको तस्बिर जोडेर भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् ।
उनले ‘जेन-जी’ ले चलाएको यो कुनै स्वतन्त्र र रचनात्मक आन्दोलन नभएको उल्लेख गर्दै सामाजिक मर्यादमा आँच आउने काम गर्नेलाई कारबाहीको माग गरेका छन् ।
‘अहिले चर्चामा आएको ‘न्भल श् ल्भउय दबदथ अभियान’ कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन होइन। यो पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिले सोसल मिडिया तथा पेड मिडियालाई हतियार बनाएर राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम अभियान सञ्चालन गर्न थालेको घिनलाग्दो प्रयास असफल भएपछि तिनै तत्वहरूले आफ्नो असफलता ढाकछोप गर्न र गलत लोकप्रियता कमाउन यसलाई अफवाहका रूपमा प्रयोग गरिरहेका छन्’ उनले समाजिक सञ्जाल फेसबुक मार्फत् भनेका छन् ।
उनले आफ्नो छोरीको विवाहजस्तो पवित्र पारिवारिक अवसरलाई समेत ईर्ष्या र द्वेषका आधारमा टिकटकमार्फत तोडमोड गरी गलत प्रचार गरिएकोप्रति भन्दै आपत्ति जनाएका छन् ।