माइतीघरमा प्रदर्शन गर्न जेन जीलाई प्रशासनको अनुमति

काठमाडौं । भदौ २२, जेन–जीलाई प्रदर्शन गर्न प्रशासन अनुमति दिएको छ । माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति माग्न जेन–जी केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।
काठमाडौंंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले पनि जेन जीहरू आएको पुष्टि गरे ।
‘सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति नेता र उनीहरुको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन् ।