प्रहरीको हिंसात्मक बल प्रयोगमा मानव अधिकार आयोग मौन
सहयात्रा टिभी
काठमाडौं । भदौ २३ , बानेश्वरमा भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अस्वभाविक रुपमा बल प्रयोग गरेर गोली चलाएपछि ३ जना प्रदर्शनकारीहरुको निधन भयो ।

सामान्य प्रदर्शनको समेत अनुगमन गर्ने र मानव अधिकारको पालनाको अनुगमन गर्ने राष्ट्रिय मानव अधिकार आयोग प्रहरीको हिंसात्मक बल प्रयोगमा मौन छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर आफू कार्यालयबाट बाहिर रहेको र अपडेट हुन नपाएको प्रतिक्रिया दिए । ‘म त भाषा आयोगको कार्यक्रममा आएको थिए, यही रोकिएर बसेको छु’ उनले भने, ‘आयोगका साथीहरु परिचालन भएका छन्, उहाँहरुलाई बुझ्नुस् न ।’
विहानैदेखि आन्दोलन शुरु भएको र प्रहरीले बल प्रयोग गर्न थालेपछि नागरिकको मानव अधिकार रक्षाका लागि तम्तयार हुनुपर्ने आयोगको नेतृत्व नै मौन देखिएको हो । अध्यक्ष मगरले ‘दुई जनाको मृत्यु भएको खवर भर्खरै थाह पाएपनि आयोगले अहिलेसम्म आफ्नो धारणा बनिनसकेको बताए ।


