संसदीय सुनुवाइ समिति सभापति खतिवडाद्वारा शपथ ग्रहण

सहयात्रा टिभी

काठमाडौं । भदौ २३ , संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले शपथ ग्रहण गर्नुभएको छ । सभापतिमा निर्वाचित खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिको सभापति निर्वाचित हुनुभएको हो ।

संसदीय समिति सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाइ समिति सभापतिको पद रिक्त थियो । रिक्त पदमा नेपाली कांग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि उहाँ संसदीय सुनुवाइ समितिको सभापति निर्वाचित हुनुभएको थियो ।

 

प्रकाशित : 8 September, 2025

प्रतिक्रिया दिनुहोस्