नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भदौ २६ , बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिइएको छ ।

नेपाली सेनाले बुधबार जेनजी आन्दोलनका क्रममा भागेका सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो ।

धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठले लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तीनै जना जबरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेको खुलेको छ भने तीनै जनालाई प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

प्रकाशित : 11 September, 2025

प्रतिक्रिया दिनुहोस्