चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव भेटिए

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।

डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।

२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोलन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।

अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

 

प्रकाशित : 14 September, 2025

प्रतिक्रिया दिनुहोस्